‘नेपाल लगानीका लागि उपयुक्त’

https://shukrabar.nagariknetwork.com/news/2588


‘नेपाल लगानीका लागि उपयुक्त’


विप्रो कन्जुमर केयर एण्ड लाइटिङले नेपालको दयाल ट्रेडिङ हाउसमार्फत नेपाल ग्लुकोज, साबुन, कस्मेटिक्सलगायतका सामग्री बिक्री गर्दै आएको छ । भारतको बहुराष्ट्रिय कम्पनी विप्रोका उत्पादनको नेपालमा व्यापार विस्तार गर्न वरुण कुमारले नेतृत्व लिएका छन् । आइटी र व्यवस्थापनमा स्नातकोत्तर गरेका विप्रोका बिजनेस म्यानेजर कुमारसँग शुक्रबारका लागि दिलीप पौडेलले गरेको कुराकानी : तपाईंको कम्पनीले कुन–कुन क्षेत्रमा काम गर्छ ? विप्रो सन् १९४५ मा भारतमा स्थापना भएको बहुराष्ट्रिय कम्पनी हो । आइटी, पूर्वाधार, शिक्षा, इको इनर्जीमा काम गर्दै आएको छ । यस कम्पनीले उत्पादन गरेका सामग्री सन् २००३ देखि नेपाली बजारमा छन् । सुरुमा ग्लुकोभिटाबाट यहाँ व्यापार सुरु गरेका हौं । अहिले फुड र कस्मेटिक्स बिक्री गरिरहेका छौं । कस्ता उत्पादन नेपाली बजारमा छन् ? विप्रोले धेरैथरी सामान उत्पादन गरेको भए पनि ग्लुकोज, साबुन, कस्मेटिक्स यहाँ बिक्री गरिरहेको छ । भारत, सिंगापुर र मलेसियामा उत्पादन भएका सामग्री बेच्छौ । फुड अन्तरगत ग्लुकोभिटा बोल्ट्स, ग्लुकोभिटा पाउडर रहेको छ । सन्तुर ब्राण्डका साबुन, हेन्डवास, बडी लोसन बिक्री गरिरहेका छौं । स्वीट एन्ड हेल्दी सेफवास लिक्विड डिटरजेन्ट, सेफवास फेव्रिक कन्डिसनर, इन्चेन्टर बडी लोसन, परफ्यूम, रोमानो बडी स्प्रे रहेका छन् । तपाईंहरुका उत्पादनमा किन प्रयोग गर्ने ? ग्लुकोटा भिटा पाउडर औषधीको रुपमा पनि प्रयोग हुन्छ । चिकित्सकको सिफारिस बिनै दिन सकिन्छ । शरिरलाई स्वस्थ्य राख्न चाहिने ग्लुकोज, आइरनको मात्रा यसमा पाइन्छ । यसले ‘मेन्टल रिफ्रेसमेन्ट’ दिन्छ । बालबालिकाको दिमागमा स्फूर्ति बढाउन सघाउँछ । पानी नभएको बेला पनि ग्लुकोभिटा बोल्ट ट्याबलेट प्रयोग गर्न सकिन्छ । एक ट्याबलेटमा दुई ग्राम ग्लुकोज हुन्छ । सन्तुर सावुनले छालामा रहेको दाग हटाउन सघाउँछ । महिला र पुरुषले प्रयोग गर्ने अन्य कस्मेटिक सामग्री निकै उपयोगी छन् । तपाईंहरुका सामग्री गुणस्तरीय छन् भन्ने आधार के छ ?  ब्राण्डेड कम्पनी भएकाले विप्राले उत्पादन गरेका हरेक सामग्री गुणस्तरीय छन् । लामो अनुसन्धान र प्रयोगपछि मात्र बजारमा सामान ल्याएका छौ । सम्बन्धित निकायले प्रमाणित गरेका छन् । कम्पनीको मुख्य विशेषता भनेकै गुणस्तरमा कसैसँग सम्झौता गर्दैनौं । हामीले यहाँ बिक्री गरिरहेको स्विट एन हेल्दी विश्व स्वास्थ्य संगठनले स्वीकृति प्रदान गरेको छ । अन्य कस्मेटिक्स पनि गुणस्तरीय छन् । प्रयोगकर्ताको प्रतिक्रिया कस्तो पाउनु भएको छ ? हाम्रा हरेक सामानले बजारमा राम्रो हिस्सा जमाउँदै गएका छन् । यसले पनि प्रमाणित गर्छ हाम्रो उत्पादन उपभोक्तामाझ लोकप्रिय भई प्रयोगकर्ता बढिरहेका छन् ।  उपभोक्ताले कहाँबाट लिन सक्छन् ? नेपाल भर बिक्रीको प्रबन्ध मिलाएका छौ । भाटभटेनी, बिगमार्टका आउटलेटमा सामग्री पाइन्छ । अहिले करिब ५० हजारले हाम्रो उत्पादन प्रयोग गरिरहेका छन् । बजारमा कस्तो समस्या झेल्नु भएको छ ? मुख्यगरी यातायातको कारण सामान ढुवानीमा कठिनाई रहेको छ । देशभर बिक्रीको व्यवस्था मिलाउन ढुवानी महंगो हुँदा समस्या छ । प्रतिस्पर्धा कस्तो छ ? ग्लुकोभिटामा नेपाली बजारमा हाम्रो कसैसँग प्रतिस्पर्धा छैन । कस्मेटिक्स प्रतिस्पर्धा छ । हामीले आयात गर्दा कर तिर्दा केही महंगो पर्ने भएपनि गुुणस्तरीय सामान भएकाले लोकप्रियाता बढ्दा बजार हिस्सा वृद्धि भइरहेको छ ।  वार्षिक कतिको व्यापार गर्नु हुन्छ ? वार्षिक ४० करोड रुपैयाँको कारोबार गरेका छौं । आगामी दुई वर्षमा एक सय करोडको लक्ष्य लिएका छौं । नेपालमा व्यवसाय गर्न कत्तिको सजिलो छ ? हाम्रो लागि नेपाल बढ्दो बजार हो । यहाँ धेरै सम्भावना छ । अहिले प्रयोगकर्तासँग पनि अन्तरक्रिया गरिरहेका छौं । व्यापार गर्न सजिलो बजार छ । हामीले काम गरेको अनुभवले नेपालमा लगानीका लागि उपयुक्त छ । नयाँ योजना के छ ? गुणस्तरलाई ध्यान दिएर साबुन नेपालमै उत्पादन गर्ने योजना बनाएका छौं । केही साझेदारसँग छलफल भैरहेको छ । सरकारी निकायबाट सहयोग पाउनु भएको छ ? हामी यहाँको एक स्थानीय कम्पनीसँगको साझेदारीमा आयात गरेर बिक्री गरिरहेका छौं । सरकारको नीति, नियममा रहेर बिक्री गर्ने भएकाले आवश्यक सहयोग पाएइरहेका छौ ।    

Comments

Popular posts from this blog

Charlie and the Chocolate Factory

Ravindra Jadeja – Son of Rickshaw driver to Millionaire

Death of a Salesman